विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाकाे जित


 दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले हरायो ।

त्यसमा एभरटन रिबेरोले निर्णायक गोल गरे । ब्राजिलको सात खेलबाट अधिकतम २१ अंक छ । यस्तै भेनेजुएलालाई ३(१ गोलले पराजित गर्दै अर्जेन्टिना १५ अंकसाथ दोस्रो स्थानमा छ ।

अर्जेन्टिनाको जितमा लउटारो मार्टिनेजले पहिलो हाफमा पहिलो गोल गरेयता जोक्विन कोरेरा र एन्जेल कोरेराले एक–एक गोल थपे । भेनेजुएलाका तर्फबाट खेलको अन्त्यतिर एफरसन सोटेल्डोल पेनाल्टीबाट सान्त्वना गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *