स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्य जिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रवद्र्धनको निम्ति काम गरिरहेको भएपनि यसलाई ध्वस्त बनाउन र एनजिओलाई प्रश्रय दिन लागिएको र प्रतिष्ठानका कर्मचारीको व्यवस्थापनमा ध्यान नपु¥याएकाले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

