काठमाडौं, भाद्र २७ गते । सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ l
उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् l भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् l ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा समावेश गरिएको छ l

