जानकी गाउंपालिकामा १५० भन्दा बढी जसपा प्रवेश


बाँकेमा हिजो जनता समाजवादी पार्टी जानकी गाउंपालिकाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १ सय पचास जनाबढी प्रवेश गरेका छन ।

गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जानकी गांउपालिका उपाध्यक्षको चुनाव लडेकी पुष्पा देवी खटिक सहित कांग्रेस माओवादी एमाले लगायतका पार्टीबाट प्रवेश गरेका हुन ।

जसपा जानकी २ का अध्यक्ष घनश्याम बढहीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एंव बांके ईन्चार्ज हिक्मत बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका बांके जिल्ला अध्यक्ष कमरुद्दीन राई, लुम्बिनी प्रदेशका लेखा संयोजक कौशल धोबी, बांके क्षेत्र न. ३ का अध्यक्ष राजीव बर्मा लगायतले शुभकामना मन्तव्य रहेका थिए ।

कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *