सभापतिमा उम्मेदवारी दिन्छु : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्। नेता कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने गरी अघि बढेको बताए। उनले भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ।’

सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो। हामी सबै एउटै हो। कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ।’

अहिलेको सत्ता गठबन्धनले सातबुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता कोइरालाको भनाइ थियो। दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए। कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *