पर्यटन मजदुरले अल्पकालीन रोजगारी पाउने (भिडियो सहति )


पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् ।

युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन् ।

होटल संघ नेपालले आइतवार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी भाग सफा गर्ने कामको सुरुवात गरेको छ । दैनिक एक हजारको दरले रकम पाउनेगरी ४० दिनको रोजगारी दिन लागिएको होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।

यता, मजदुर संगठनका प्रतिनिधिले बेरोजगार बसेका श्रमिका मजदुरले चाडवाडको मुखमा थोरै भएपनि आर्थिकउपार्जन हुने रोजगारी पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *