नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु


आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाल अमेरिका विरुद्धको खेलमा उच्च मनोबलसहित मैदानमा उत्रने छ ।

लिग टु अन्तर्गत नै नेपालले गत बैशाखमा घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेल्दा दुबै खेल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *