पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी


 पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् ।

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा लगायतका कुराहरुलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरुको माग रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *