दाङको बिजौरीमा नागरिक अरोग्यशाला संचालन


राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशाला आजदेखि संचालनमा आएको छ ।

हिंजो तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको नागरिक आरोग्यशाला आजदेखि आम नागरिकहरुका लागि खुल्ला गर्दै संचालनमा ल्याइएको हो ।

नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्नेछ । १७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले व्याम गर्न सक्ने अस्पतालका निमित्त निर्देशक डा महेश खनालले जानकारी दिनुभयो ।

उक्त नागरिक आरोग्यशालामा बिहान ६ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म १५ बर्ष माथीका आम नागरिकहरुले व्याम गर्न सक्ने छन् ।

संघ सरकारको १४ लाख सहयोग र तुलसीपुर उपमहानगरपालिका–१९ को २ लाख सहयोग गरी जम्मा १६ लाखमा नागरिक आरोग्यशाला संचालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *