चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ।
ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए ।
ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं। जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए।

