भादा नदिमा हामफाली आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार


फाइल फोटो

बर्दिया : नदिमा बग्दै गरेको एम महिलाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका अन्तर्गत सडकमा पर्ने भादा नदिमा बगेकी महिलाको हिजो साझ उद्धार गरिएको हो ।

भादा नदिमा ति महिलाले आत्महत्याको प्रयास गर्दै हामफाल्न खोजेको भन्ने खबर प्राप्त हुदासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई बग्दै गरेको अवस्थामा उद्धार गरेको थियो ।

हिजो साँझ करिब १६ः३० बजेको समयमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित भादा नदिमा ति महिलाले हामफालेकी थिइन ।

आत्महत्याको प्रयास उनले किन गरिन भन्नेबारेमा भने प्रष्ट खुल्न सकेको छैन । उनको उद्धारपछि स्वास्थ्य उपचार समेत गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी नायव निरीक्षक मणिराज भट्टको कमाण्डमा खटिएको टोलीले उनको उद्धार गरेको थियो ।

उनलाई आबश्यक सोधपुछ गर्दा उनी भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी जलदैया थारु भएको खुल्न आएको बर्दिया प्रहरीका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जनाएका छन् ।

४० बषकी जलदैया किन भादा नदिमा आएर आत्महत्या गर्न खोजिन भन्ने विषयमा बर्दिया प्रहरी अनुसन्धान गर्दै भारत जिल्ला बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसंग समन्वय गरी उनको श्रीमान मिश्रिराम थारुको जिम्मा लगाएको छ ।

जिल्लामा शान्ति सुरक्षा र नागरिक सेवाका हरेक काममा प्रहरी संगठन परिचालित भएको भन्दै बर्दिया एसपी ईश्वर कार्कीले कुनैपनि समस्या वा अशान्तिको घटना हुने अवस्था आएमा प्रहरीमा खबर गर्न अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *