प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत रहेको छ भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।
ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गरेका छन् । भिडियोमा जीवी चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत र दीपक सापकोटाको अभिनय रहेको छ ।

