रचना रिमाल र बुद्ध लामाको नयाँ गीत सार्वजनिक


गायिका रचना रिमाल र बुद्ध लामाको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाले रुमाल’ बोलको गीतमा अलबिन थापा र अलेक लामाको शब्द रहेको छ। बुद्ध लामाको कम्पोज रहेको गीत डान्सिङ्ग बिटमा तयार भएको छ।

बुद्ध लामाको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको म्युजिक भीडिओलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। भिडिओमा ‘डान्सिङ्ग विथ दि स्टार’का कनटेस्टेनहरु बुद्ध लामा, प्रमोद, केशव, केविका र उमेश फिचर्ड छन्।

प्रमोद, केशव, केविकाको कोरीयोग्राफिमा तयार भएको भिडिओमा सागर प्रधानको छायांकन, विकास दाहालको सम्पादन र स्वस्तिका श्रेष्ठ र जिन्सोन खत्रीको मेकअप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *