नेपालगन्जको सदरलाइनमा सञ्चालन लाइफलाइन जनरल हस्पीटल


नेपालगन्जमा लाइफलाइन जनरल हस्पीटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, डा. गोपाल श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजे सम्म सो सेवा शुरु गरिएको हो ।

फीजीशीयन डा पारश श्रेष्ठ, डा कृष्टिन श्रेष्ठ, दन्त चिकित्सक प्रतिक श्रेष्ठ लगायतका डाक्टरद्धारा फिजीशीयन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटी लगायत रोगको जाँच उपचार सेवा प्रदान गरिने बताइएको छ ।

एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको कार्यक्रममा नगर प्रमुख राणाले उपमहानगरपालिकाको सहकार्यमा नीजी अष्पतालले समेत सामाजिक उत्तरदायीत्व वहन गर्नु सुखद भएको बताउनु भयो ।

कार्यक्रममा भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजीत कुमार शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *