राप्ति सोनारी ८ शमसेरगंजका असल र मिलनसार थापाको निधन


सम्बाददाता डम्बर केसी

बाँकेको राप्तिसोनारी गाउपालिका ८ शमसेरगंजका ३५ बर्सिय सुर्य बहादुर थापाको गए राति निधन भएको छ l

थापाको निधन करिब बिहान २/३ बजे तिर भएको थियो साझ उनि आफ्नो घरमा सुतेका थिए बिहान पख उनको निधन भएको हो l थापाको अन्त्येस्टि आज बिहान १० बजे शमसेरगंजको राप्ती घाटमा गरिएको हो l

थापाको श्रद्दान्जलीका लागि राप्ति घाटमा कोहलपुर शमसेरगंज चल्ने १४ वटै लोकल जिपसहित सबै स्टाप पुगेका थिए र स्थानीयको पनि निकै ठुलो भिड थियो उनको श्रद्दान्जलीका लागि ५ मिनेट मौन धारण गरिएको थियो l

उनि कोहलपुरदेखि शमसेरगंज चल्ने लोकल जिपका सवारी धनिपनि भएका कारण हिजो पर्न गएको बिस्वकर्मा पूजामा गाडी पुजा गरि सबै गाडी स्टापले पिकनिक खाइ रमाइलो गरेका थिए तर साझ घरमा आइ सुतेका थापा रहेनन् बिहान l

स्थानीयका अनुसार उनि आफै गाडीमा हिड्ने भएका कारण थापा सधै बिहान ३/४ बजे उड्ने गर्थे तर उनि हिजो सधै जसो नउठी सदैका लागी बिदा भए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *