शंकास्पद देखिएपछि चेकजाँच गर्दा ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् ।


बर्दियाको गुलरियाबाट लागु औषध ब्राउन सुगर सहित आज एकजना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेस यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा नेपालगञ्जबाट गएको लागू औषध ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारी र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको छ ।

शंकास्पद देखिएपछि चेकजाँच गर्दा यादवको हापपैन्टको दाहिने खोजीमा २७ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *