भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद


नेपालगन्जमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षण जिवनलाल बुढाले जानकारी दिनुभयो।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *