नेपालगंज पुस्पलालचोकको एक होटलमा झुण्डीइन युवती


संवाददाता : डम्बर केसी

नेपालगंजको पुस्पलालचोक नजिक रहेको दुल्लु भिजन होटलमा एक युवतीको झुण्डीएको अवस्थामा शब फेला परेको छ ।

उक्त युवती बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा न. ८ कि १७ बर्षकि सोनी परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरदेब गिरीले बताउनुभयो ।

असोज २ गते शनिबार देखी ३ जना उक्त होटलमा बस्दै आएका थिए ३ जनामा २ जना केटि र १ जना केटा रहेका थिए होटलको रजिस्टरमा दाजु भाउजु र नन्दको नाता खुलाएका रहेछन् ३ जना मध्य २ जना भने ४ गते बिहान आफ्नो गन्तब्य तिर निस्किएको र सोनी परियारले आफ्नो टाउको दुखेको हुदा दिउसोको १२ बजे सम्म आराम गर्छु भनेको होटल मालिकले बताउनुभयो ।

होटल सफा गर्ने क्रममा सोनी परियार पंखामा झुण्डिएकि थिइन् उनी आफैले लगाएको सट पासो बनाई झुण्डिएकि थिइन् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *