सेयर बजार: नेप्से परिसूचक बढ्यो


लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको थियो ।

मङ्गलबारको लय पछ्याउँदै आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ । यस्ते, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ । 

   नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । कूल २१७ कम्पनीको एक करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर रु ६ अर्ब १७ करोड ९३ लाख १५८ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *