प्रदेशस्तरीय कृषि विकास रणनीति तयार हुँदै कृषि विकास रणनीतिको तयारी लुम्बिनी प्रदेशबाट थालनी


काठमाडौँ,

कृषि विकास रणनीति, प्याड्सको सुरुवात लुम्बिनी प्रदेशबाट हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अगुवाई तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएस एआईडी० अन्तर्गतको किसान– २ परियोजनाको संयुक्त पहलमा आइतबार ९आज० ‘भर्चुअल किक अफ बैठक’ मार्फत उक्त निर्णय गरिएको हो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। योगेन्द्र कुमार कार्कीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। रेवती रमण पौडेलको अध्यक्षताको विशेष उपस्थिति तथा अन्य सरोकारवालाहरुको सहभागितामा बैठक संचालन गरिएको थियो ।
के हो प्रदेशस्तरीय कृषि विकास रणनीति ?

सम्रग देशको विकासको लागि कृषिमा उन्नति आवश्यक छ । कृषि विकासका लागि आवश्यक रणनीतिको निम्ति कृषि विकास रणनीति ९२०१५–२०३५० को योजना धेरै अघि बनेको थियो । संघियता पुर्व कार्यान्वयनमा ल्याउने योजना बनेको कृषि विकास रणनीतिलाई संरचना परिवर्तनसँगै प्रदेशस्तरीय कृषि विकास रणनीतिमा रुपान्तरण गर्ने निर्णय भएको छ । निर्णय अनुसार, प्रदेशस्तरीय कृषि विकास रणनीति को लागि प्रदेश अनुसारको भौगोलिक, जैविक एवं कृषि जैविक विविधता, त्यहाँका सम्भावना तथा चुनौतीलाई प्राथमिकतामा राखि तयारी गरिने भएको छ ।

जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुने भएको छ । लुम्बिनी प्रदेश सामाजिक आर्थिक भौगोलिक जैविक एवं कृषि जैविक विविधता तथा सम्भावना र चुनौतिहरुलाई प्राथमिकतामा राखि प्रदेशको लक्ष्य उद्देश्य हासिल गर्न सघाउ पुग्न सहयोग हुने देखी दस्तावेज निर्माणको सुरुवात गरिएको हो।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीले संविधानमा उल्लेखित कृषि क्षेत्रका संघ प्रदेश र स्थानिय तहको काम कर्तव्य र अधिकारको कार्यान्वयन तथा संघ र स्थानिय तहका नीति कार्यक्रम, ऐन तथा प्राथमिकताहरुलाई सहजिकरण गर्न यो रणनितिले महत्वपूर्ण भूमिका रहेको बताए । साथै, उनले तीन महिनाभित्र रणनीति तयार गर्न पनि अनुरोध गरे ।

यस प्रकारको कार्यको थालनी गर्न सहयोग गर्ने प्रदेश मन्त्रालय, विकास साझेदार तथा अन्य सरोकारवालाहरुलाई पनि सचिव डा. कार्कीले धन्यवाद प्रकट गरेका छन् ।
बैठकबाट लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती को संयोजकत्वको आर्थिक एवं प्राविधिक सहयोग हुने गरी प्रदेशस्तरीय कृषि विकास रणनीति प्याड्सको तयारीका लागि समिति समेत गठन गरिएको छ । प्रस्तावित प्रदेशस्तरिय कृषि विकास रणनीतिले समग्र प्रदेशको बर्तमान कृषिको अवस्था सिंहालोकन गर्ने, तिनै तहका सरकारका नीतिहरुको पुर्नवालोकन गर्ने राष्ट्रिय लक्ष्य र यसलाई परिपूर्तीको लागी आवश्यक पर्ने क्षेत्रगत रणनिति,उद्देश्य, नीतिआवश्यक आर्थिक र भौतिक श्रोतको रणनितिक मार्गचित्र प्रस्तुत गर्नेछ । छलफलबाट प्राप्त सुझावहरु समावेश गरि उत्कृष्ट उपयोगी एवं रणनितिक प्रादेशिक कृषि विकास रणनिती तयार गरि लागू गर्ने गरि काम अगाडि बढाउने विषयमा प्रारुप तयार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *