नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा


काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार बाट पुनः सञ्चालनमा आएको हो ।

बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताउनुभयो ।

उहाँले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताउनुभयो । यस्तै, उहाँले आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिनुभयो ।

जसमध्य १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उहाँले बताउनुभयो । मेशीन र घरको क्षेती पूर्ण विवरण अझै नआएको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *