अहिलेको सरकार असक्षम र अदूरदर्शी नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारी


नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा निःवर्तमान संयोजक भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको हो ।

उहाँले केही मिलेमतोमा चल्ने र स्काउटलाई अघि बढ्नै नसक्नेहरुले आफूलाई निकाल्नकै लागि निकालेको बताउनुभयो ।

उहाँले सरकारको यो निर्णय स्काउटलाई अघि बढ्नै नदिने झुन्डहरुलाई खुशी बनाउनका लागि भएको समेत बताउनुभयो ।

निःवर्तमान संयोजक भण्डारीले आफ्नो अबको बाटो कानूनि सल्लाह भएको बताउँदै सरकारले आफूले नेपाल स्काउटले मागेको ऐन नदिएको आरोप समेत लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *