राप्तिसोनारी ८ सम्शेरगन्जमा ५० हजार धनराशिको फुटबलको प्रतियोगिता


सम्वाददाता : डम्बर केसी

राप्तिसोनारी टाइगर स्पोर्ट्स क्लबको आयोजनामा संचालन हुन लागेको फुटबल प्रतियोगिता यहि असोज ११ गतेदेखि संचालन हुने भएको छ। प्रतियोगितामा प्रथमलाई ५०,००० र दोस्रोलाई २५,००० पुरस्कार प्रदान  गरिने छ।

खेल वडा स्तरीय प्रतियोगिता भएकाले । राप्तिसोनारी गाउपालिका भित्रको टिम र सिमित वडा भित्रको खेलाडीलाई मात्र समाबेश गर्नुपर्ने छ।सम्बन्धित टिमले सिमित वडा भन्दा बाहिरको खेलाडी समाबेश गरेको खण्डमा उक्त टिमलाई नकआउट गरिनेछ।

राप्तिसोनारी गाउपालिका छेत्रकै ठुलो धन राशीको वडा स्तरीय फुटबल प्रतियोगिता रहेको र पहिलो पटक ठुलो धन राशिको वडा स्तरीय प्रतियोगिता हुन लागेको हुनाले धेरै टिमले सहभागी जनाउने राप्तिसोनारी टाइगर स्पोर्ट्स क्लबका क्याप्टेन विशाल पुनले बताउनुभयो।

राप्तिसोनारीका खेलाडीहरुलाई  प्रोत्साहन गर्ने उद्देश्यले यस क्लबले प्रतियोगिता आयोजना गरेको राप्तिसोनारी टाइगर स्पोर्ट्स क्लबका कोषअध्यक्ष योगेश खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *