मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाँड गरिसकेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो।
जसमध्ये आयोजना प्रभावित क्षेत्र र जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। अब ९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

