ओलीले पिडित युवतीलाई बहस पैरवीका लागि आर्थिक सहयोग गर्नुभयो ।


दाङ । अम्बिकेश्वरी मिडिया प्रा.लि का अध्यक्ष गोपाल ओलीले बलात्कृत हुन पुगेका राउटे युवतीहरुले न्याय पाउने गरि बहसपैरवी गर्नेका लागि राउटेहरुको हक अधिकारको पैरबी गर्दै आउनु भएका संचारकर्मी समेत रहनु भएका यज्ञ बहादुर बुढालाई पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ 

कानुनी सहायताको लागी पहल गरिदिन बुढाले ओली संग आग्रह गरे पछि ओलीले पिडितहरुको न्यायका लागि सदैव अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आउनु भएका बुढालाई उक्त रकम हस्तान्तरण गर्नुभयो । 

सहयोग पाए पछि समाजिक सञ्जाल फेसबुकमा बुढाले लेखेका छन् “गोपाल ओली ज्यु तपाईंले मलाइ बिश्वास गर्नु भयो तपाईं लाइ धन्यवाद। अम्बिकेश्वरी मिडिया प्रा लि नेपालगञ्ज का अध्यक्ष ज्यु तपाइले दिएको ५ हजार रुपैयाँ आर्थिक सहयोग बलात्कृत हुन पुगेका राउटे युवती हरुले न्याय पाउने गरि बहसपैरवी गर्ने काम मा खर्च गर्नेछु। बचेको पैसा हजुरलाइ नै फिर्ता गर्ने छु।”

मानवीय सेवामा लागि रहनु भएका दाङको बबइ गाउँपालिका ७ घर भइ १७ बर्ष देखि ओली नेपालगञ्जलाई कर्मथलो बनाएर व्यवसाय संगै संचार उधमीको भुमिका निर्वाह गर्दै आउनु भएको छ । अम्बेकेश्वरी अनलाईन डटकमको संचालक रहेका ओलीले पिडित युवतीहरुले न्याय पाउन भन्ने उद्देश्यले बहस पैरबी गर्नका लागि सहयोग गरेको बताउनु भयो । दाङको घोराही पुगेर सामाजिक अभियन्ता बुढालाई ओली र अधिकारकर्मी आलम खानले रकम हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *