पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट , ७ जनाको मृत्यु


 पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *