भन्सार छलिको अबैध सामान बाके प्रहरीद्वारा बरामद


नेपालगन्ज भन्सार छलि ल्याइएको बेवारिसे सामान प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० मा बेहारिसे अवस्थामा रहेको लत्ताकपडा, बल्ब, हार्डवेयर लगायतका सामन बरामद भएको हो ।

उक्त सामानको अन्दाजी मुल्य १,४६,००० (एक लाख छयालिस हजार ) रुपैयाँ बराबर रहेको पनि प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *