एमालेले बोलायो सचिवालय बैठक


सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेले फागुन १८ गते आइतबार बैठक बोलाएको हो।

बैठकमा पार्टी र सरकार सञ्चालनसम्बन्धी पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने दिउँसो २ बजे बस्ने उनले बताए। सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याए पनि राष्ट्रिय सभामा बहुत नपुग्ने भएपछि संसदमा अघि बढाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *