काठमाडौं – प्रदेश–२ सरकारले असोज १३ गते सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बुधबार जितिया पर्व परेकोले सो अवसरमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राउतद्वारा जारी शुभकामना सन्देशमा सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना गरिएको छ ।
