कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने


काठमाडौँ – कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो। 

६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा पनि दिइने भएको छ। यसअघि कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति दशैंका कारण परिवर्तन गरिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *