राप्तिसोनारी गाउँपालीका वडा न. ८ समशेरगन्जमा संचालन भैरहेको फुटबल प्रतियोगितामा आयोजक टोलि राप्तीसोनारी टाइगर स्पोर्ट्स क्लबले जित हासिल गरेको छ।
आज भएको पहिलो खेलमा आयोजक टोलिले बालापुरलाई १ : ० गोल अन्तरले पराजित गरेको थियो । आज दिउँसो २ बजे भएको उक्त खेलको एकमात्र गोल आयोजक “ए” टिमका किशन पुनले गोल गरेको थिए।

आजै भएको दोस्रो खेल आयोजक “बि” र रोयल ओभरी बिच भएको थियो। उक्त खेल आयोजक “बि” ले २ : ० गोल अन्तरको जित निकाल्यो आयोजक “बि” टिमका लागि पहिलो गोल सुमन ओलिले गरेका थिए । त्यस्तै खेलको अन्तिम समयमा राज लामाले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।
प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५०,००० हजार र दोर्सो हुने टीमलाइ २५,००० हजार पुरस्कार रहेको छ।


