सम्शेरगन्जमा भैरहेको फुटबल प्रतियोगितामा तीन खेल भयो आज।


सम्वाददाता : डम्बर के.सि

राप्तीसोनारी गाउँपालिका ८ सम्शेरगन्जमा सन्चालन भइरहेकोे फुटबल प्रतियोगितामा आज तीन वटा खेल भएको छ । आज भएको प्रथम खेल टिकुलीपुर र मदुवाको बिच भएको थियो । उक्त खेलमा १ : ० गोल अन्तरले टिकुलीपुर बिजय भयो । खेलको १ मात्र गोल टिकुलीपुरका लागि सुनिल खत्रीले गरेका थिए। उनले खेल बिच पाएको पेनाल्टीमा गोल गरेका थिए।

आजको दोर्सो खेल आयोजक “बि” र कुसुम बिच भएको थियो।उक्त खेलमा आयोजकले ४ : ० को सहज जित हासिल गर्यो । आयोजकका लागि सुमन ओलीले २ गोल गरे भने क्याप्टेन विशाल पुन र आशिष ओलीले एक – एक गोल गरेका थिए।

त्यस्तै आजै भएको तेस्रो तथा अन्तिम खेल चिलहरीया र राजपुर बिच भएको थियो। उक्त खेलमा चिलहरीयाले २ : ० गोल अन्तरको जित दर्ता गर्यो। चिलहरीयाको जितका लागि धिताल थारु र अजय कुमालले एक – एक गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *