ईश्वरीलाल श्रेष्ठ पुरस्कार डा. प्रेमराज पन्तलाई प्रदान


 प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु¥याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

नेपालमा २०११ साल भाद्र १७ गते वाणिज्य शिक्षाको आई.कम. तहको पठनपाठन सुरु भएकोमा हरेक वर्ष भाद्र १७ गते वाणिज्य दिवस मनाउने गरिएको छ । वाणिज्य शिक्षाका संस्थापक प्राध्यापक ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले यस वर्षको ६८ औँ वाणिज्य दिवसको दिन घोषणा गरिएको पुरस्कार आज औपचारिक कार्यक्रममा वितरण गरिएको प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका महासचिव प्राध्यापक प्रकाशमान प्रधानले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले प्राध्यापक ईश्वरीलाल श्रेष्ठले वाणिज्य शिक्षाको स्थापना र विकाशमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *