‘ओप्पो के नाइन प्रो’ सार्वजनिक


ओप्पोले  नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित छ ।

फोनमा ६.४३ इन्चको ओलईडी फुल एचडी प्लस रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै यसमा ६४ मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ ।

सेल्फीका लागि १६ मेगापिक्सेलको सेन्सर छ । फोनमा ४५०० एमएएचको ब्याट्री छ, जुन ६० वाटको फास्ट चार्जरसहित आउँछ । एन्ड्रोइड ११ मा आधारित कलरओएस ११.३ मा चल्ने फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ ।

चिनियाँ बजारमा यो फोनको मूल्य ८/१२८ जीबी भेरियन्टको २१९९ (४० हजार रूपैयाँ) र १२/२५६ जीबी भेरियन्टको २६९९ (४९ हजार रूपैयाँ) रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *