रोयल्स च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । गएराति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स लाई ७ विकेटले पराजित गर्यो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंगलोरले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको राजस्थानले जितका लागि दिएको १५० रनको लक्ष्य बैंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर १५३ बनायो ।
लिगमा ११ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता राजस्थान लिगमा ११ खेल खेलेको राजस्थान ८ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज चेन्नाइ सुपर किङ्ग र सनराइजर्स हैद्ररावाद बिच खेल हुनेछ। उक्त खेल सार्जहा क्रीकेट स्टेडियम मा साझ ७:४५ मा सुरु हुनेछ।

