आईसीसी लिग टु : नेपाल-ओमान भिडन्त


आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिज अन्तरगत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेल खेल्दैछ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।

ओमानविरुद्ध मैदान उत्रदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ।नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ। यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । यस्तै ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ। ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ। सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ। शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *