चाडपर्व लक्षित सुपथ मुल्य पसल खुलेन बाँकेमा


चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म संचालनमा आउन सकेका छैनन् ।

विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगन्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो ।

तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन् । साल्ट टे«डिङ कर्पोरेशनले भने आफ्नो कार्यालयबाटै छुटमा नुन विक्री गरिरहेको कार्यालय प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

कर्पोरेशनसँग चिनी भने छैन् । एकैठाउँमा सबै सामाग्री राखेर सुपथ पसल संचालन हुन नसकेको चौधरीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यसको समन्वय गर्नु पर्ने भएपनि उसले प्रभावकारी पहल गर्न सकेको छैन् । जस्का कारण मूल्य पसल संचालन हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *