छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिला तर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेटमा २५–१७ को जीतको नतिजा निकालेको थियो । यस्तै पुरुष तर्फको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई विभागीय त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका खेलाडीको अतिरिक्त भारतीय खेलाडी रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउनविभागीय त्रिभुवन आर्मी क्लबलाई धेरै मेहनत गर्नु परेको थियो । पहिलो सेटमा आर्मीले २६–२४ को जित निकालेको थियो भने दोस्रो सेट आर्मीले १७–२५ ले गुमाएको थियो ।
यस्तै तेस्रो सेट २५–१८ ले जित्यो भने चौथो सेटमा जीत निकाल्न धेरै मेहनत गर्नु प¥यो । चौथो सेटमा आर्मीले १७–२२ को आरामदायी अग्रता लिए पनि हेल्प नेपालले लगतार ५ अंक जोडेर बराबरीको अवस्थामा ल्याएपछि खेल थप रोमान्चक बनेको थियो । २२–२२ को बराबरीमा रहेको अंकलाई हेल्प नेपालले २५–२४ को अग्रता सम्म पु-याएको थियो ।

