जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन सकिएन: प्रेमलाल महर्जन (भिडियो सहित )


राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभयो ।

आइतवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अध्यक्ष महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभएको हो ।

उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको आपूर्ति सहज रुपमा हुने बताउनुभयो । पेट्रोलियम पद्धार्थको माग अनुरुप आपूर्ति गर्न आयल निगम सक्षम रहेको उहाँको भनाई छ । गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *