लागु औषधमुद्दामा फरार प्रतिवादी पटवारी पक्राउ


लागु औषधमुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ । जानकी गाउँपालिका–६ पिप्रहवाका २५ बर्षीय पटवारी लोधलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लोधलाई तीन वर्ष अघि जिल्ला अदालतले दोषी ठहर गर्दै ११ दिनको कैद फैसला सुनाएको थियो । ७५ साल माघ ९ गते दोषी ठहर भएका उनी फरार थिए । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधलाई आज जिल्ला अदालत बाँकेमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *