पारिश्रमिक नपाएको भन्दै पत्रकार आन्दोलित (भिडियो सहित )


विभिन्न सञ्चारगृहमा काम गरेवापतको पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । काम गरेवापतको पारिश्रमिक नपाएको भन्दै विभिन्न सञ्चार गृहमा आन्दोलित पत्रकारहरुको पक्षमा बुधवार नेपाल पत्रकार महासंघले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा पारिश्रमिक नपाएर आन्दोलित भएका पत्रकार र आन्दोलनलाई समर्थन गर्न पुगेका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारगृह सञ्चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्चारगृहका सञ्चालकहरुको घरमै पुगेर धर्ना बस्न बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो । उहाँले श्रमजिवी ऐन लागु गर्न सरकारसँग माग पनि गर्नुभयो ।

श्रमजिवी ऐनमा समस्या भए र संशोधन आवश्यक भए महासंघ छलफल गर्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो । प्रदर्शनमा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कायम गर, पेशागत आन्दोलन रक्षाको लागि आन्दोलन जारी छ, हामी पत्रकार, चाहान्छौँ श्रम अधिकार लगायत लेखिएको प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *