बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले आज मंगलबारका दिन आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन गर्नु भएको थियो ।
वार्षिक उत्सवको अवसरमा युथ टुडे न्युजकी संवाददाता प्रेरणा गिरीलाई युथ टुडे युवा पत्रकारिता पुरस्कार र संवाददाता बन्दना सोनीलाई युथ टुडे पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको थियो भने अनलाईनलाई संचालन गर्न सहयोग गरेको भन्दै अ्म्बिकेश्वरी डटकमका संचालक गोपाल ओली र चन्द्र बोहरालाई कदर पत्रबाट सम्मान गरिएको थियो ।

युथ टुडे मिडिया नेटवर्क प्रालिद्धारा संचालित युथ टुडे न्युज डट कमको प्रथम वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य सिराजुद्दीन खानले कोभिडको कारण पत्रकारहरुले भोग्नु परेको समस्या निकै चुनौतीपूर्ण रहेकाले जोखिमबाट बच्दै मर्यादित र संयमित पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना अनिवार्य भएको जिकिर गर्नु भयो।
कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर बाँकेका अध्यक्ष धितालले आचार संहिता पालना गरी मर्यादित ढंगले आफ्नो पेशा प्रति प्रतिबद्ध हुन आग्रह गर्नु भएको थियो । उहाँले समाज रुपान्तरणमा युथ टुडेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले निष्पक्ष भएर कलम चलाउन शुभ कामना दिनु भएको थियो।

बार्षिक उत्सवमा राप्रपाका युवा नेता रबि बर्माले युथ टुडे राष्ट्रिय राजनीतिका साथसाथै सामाजिक एवं आर्थिक मुद्दाहरुमा विशेष ध्यान केन्द्रित गर्दै आएकोले अझ सशक्त भएर पत्रकारीता गर्न शुभ कामना दिनु भएको थियो ।
बार्षिक उत्सव कार्यक्रमलाई समापन गर्दै नेपालगंज उपमहानगरपालिकाका अध्यक्ष एंव अनलाईनका संरक्षक मोहम्मद सफिक बेहनाले तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं ।
हामी हाम्रा पाठकहरुहरुको सुझावलाई हमेशा उच्च महत्व दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौं । सबल शासन ब्यवस्थाका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष रहेको बताउदै उहाँले आगामी दिनमा हामी जनताका आवाजहरुलाई युथ टुडे मार्फत थप मुखरित गर्ने कुरामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

