आगामी शनिबारदेखि एमालेको वडा अधिवेशन हुने


काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ।

कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *