वडा अधिवेशनबाट चुनिने एमालेका पदाधिकारी र सदस्यहरुको संख्या कहाँ कति ?


काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ।

कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ।

अधिवेशनबाट चुनिने पदाधिकारी र सदस्यहरुको संख्या निम्नलिखित छ :-

आउँदाे २०७८ कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा हुने पालिका अधिवेशनहरूबाट चुनिने नेकपा (एमाले)का पदाधिकारी र सदस्यहरूकाे निर्धारित संख्या –

पदाधिकारी :-

अध्यक्ष -१
उपाध्यक्ष-१
सचिव- १
उपसचिव -२

वडा कमिटीमा निर्धारित सदस्य संख्या :-

गाउँपालिका/नगरपालिका-३१
उपमहानगरपालिका-४१
महानगरपालिका -५१

पालिका कमिटीकाे निर्धारित सदस्य संख्या:-

गाउँ/ नगरपालिका – ७५
उपमहानगरपालिका – ८५
महानगरपालिका – १०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *