बाँके बर्दियामा वर्षाका कारण धानलाई पुग्यो क्षति


नेपालगन्ज : वर्षाका कारण बाँके र बर्दियाका किसानले काटेको धान डुबानमा परेको छ। आइतबार र सोमबार परेको वर्षाले बाँके र बर्दियाका किसानले काटेर भित्र्याउनै आँटेको धानलाई असर पुर्याएको हो।

वर्षाले काटेको धान डुबाउँदा किसान अहिले चिन्तित छन् । धान बालीमा लगानी धेरै लाग्ने तर मूल्य नपाउने समस्या यथावत रहेको अवस्थामा झनै ठूलो बर्जपात यो बेला किसानलाई परेको छ ।

खेतमा काटेर राखेको धान डुब्दा धेरै नोक्सानी बेहोर्नु परेको पिडा बाँकेका एक किसानले बताए। त्यसो त नकाटेको धानलाई पनि पानीले ढलाएको छ।

पाकेर भित्र्याउनै आँटेको धानलाई वर्षाले नोक्सान पुर्याएपछि उत्पादनमा कमी आउने बिज्ञहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *