दाङमा एमालेको वडा अधिवेशन : राप्तीका ८ वडामा सर्वसम्मत नेतृत्व चयन


दाङ : नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस देशका केही वडा बाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको बताइएको छ।

यसैबीच, नेकपा एमाले दाङको वडा अधिवेशन पनि भव्य रुपले सम्पन्न भएको छ। अधिकांश वडाहरुमा सर्वसहमतिले नेतृत्व चयन भएको बताइएको छ।
यसै क्रममा दाङको राप्ती गाउँपालिकाका केहि वडामा सर्वसहमतीले नेतृत्व चयन गरिएको छ।

जस अनुसार वडा नम्बर १ मा गेमबहादुर खड्का, २ मा हिमानन्द पाण्डे, ३ मा हेमराज भण्डारी, ४ मा प्रेम केसी, ५ मा जिवराज भट्टराई, ६ मा हरिचन्द्र चौधरी, ७ मा सिताराम चौधरी, ८ मा पुरन चौधरी वडा अध्यक्षमा सर्वसहमतीले चयन भएका छन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा भने कार्यकर्ता जुट्न नसकेपछि आइतवारका लागि अधिवेशन तय गरिएको जानकारी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *