काठमाडौं – पछिल्लो समय फिल्म ‘सत्यम्’ को निकै चर्चा छ । लामो समयपछि यस फिल्ममार्फत महानायक राजेश हमाल देखिदैछन् । रेसम सापकोटाले निर्माण गर्ने यस फिल्ममा राजेशसँगै अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ ।
फिल्ममा हमालले मुख्य पात्र सत्यम र अनुप विक्रम शाहीले भिलेनको भूमिका निभाउदैछन् । यस्तै हालै यस फिल्ममा मोडल निलम चन्द पनि जोडिएकी छिन् ।
फिल्ममा राजेश र निलमको जोडी जम्ने बताइएको छ । यस फिल्मको छयांकन पोखरा र मुस्ताङमा हुँदैछ । पोखरामा इतिहासकै ठुलो सेटमा निर्माण भइरहेको छ ।
