काठमाडौं – निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ भारतमा मोटो रकममा बिक्री भएको छ । फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा किनेको निर्माता सेनले बताए ।
किनेको उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम दिने बताइएको छ । अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म अब भारतका थिएटर र ओटिटिको एमजीमार्फत प्रदर्शनमा आउनेछ ।
मल्टिस्टारहरुको अभिनय रहेको यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
