त्रिभुवन विमानस्थलबाट २ किलो ‘सुन’ सहित दुई जना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तै देखिने पहेलो धातु ‘सुन’ सहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार विमानस्थलबाट बरामद गरिएको दुई किलो पहेलो धाँतु परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  

परिक्षणपछि उक्त धाँतु सुन हो होइन पत्ता लाग्ने प्रहरीले जनाएको छ । यस घटनामा विमानस्थलबाट सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरी पक्राउ परेका छन् । उनीहरु शुक्रबार बिहान दुबईबाट नेपाल एयरलाइन्सको विमानबाट आएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *