इन्जिनियर प्रेमीसँग विवाह बन्धनमा बाधिँइन् ‘द भ्वाइस किड्स’की कोच प्रविशा


काठमाडौं – गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिँएकी छन् । आइतबार गायिका प्रविशाले इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् । 

उनीहरुको विवाह झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको हो । लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माणसँग गएको बिहिबार प्रविशाले इन्गेजमेन्ट गरेकी थिइन् । 

प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले अगाडि बढाएको हो । बिहेको कुरा चलेपछि उनीहरुले एक अर्कालाई मन पराएका हुन् । दर्जन बढी गीतले दर्शकको मन जितिसकेकी प्रविशा अहिले ‘द भ्वाइस किड्स’ मा कोच छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *